×

झापाको मेची रंगशालामा डेढ दशकपछि फुटबल फर्किँदै छ । आगामी फागुन सात गते सुरु हुने भद्रपुर झापा गोल्डकपको स्वागतका लागि रंगशालालाई चिटिक्क पारिएको छ । १८ वर्षसम्म जीर्ण रहेको रंगशलाको पुनः निर्माणको सबै काम सकिएको छ भने प्रतियोगितामा ‘ए’ डिभिजनसहितका दश क्लब सहभागी हुनेछन् ।

फाल्गुन ५, २०७९ | दाक्सु मिडिया

मेची रङ्गशालामा २०६२/६३ को आन्दोलनपछि खेलकुदको कुनै गतिविधि नहुदाँ जीर्ण थियो । भद्रपुर झापा गोल्डकप फागुन ७ गतेबाट सञ्चालन हुने भएपछि प्यारापिट तथा मैदान निर्माण र मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । पक्की र अस्थायी गरी २० हजार दर्शक क्षमताको प्यारापिट निमार्ण भएको छ । प्यारापिट वरिपरि झण्डाले सिगारिएको छ । दर्शकलाई आकर्षित गर्न मैदान परिसरमै सेल्फी जोन निमार्ण गरिएको छ । सहभागी टिम लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकको दाबी छ ।

भद्रपुर झापा गोल्डकपको पहिलो संस्करण हो । आयोजना सम्पन्न गर्न १ करोड ५० लाख बजेट लाग्ने अनुमान गरिएको छ । आर्थिक मन्दीको समयमा रकम जुटाउन गाह्रो छ । तर आयोजक समितिले आजीवन सदस्य निमार्णमा जोड दिएको छ । ४ गतेसम्म देश तथा विदेशमा रहेका ४ सय ५० सदस्यले १५ हजार शुल्क तिरेर आजीवन सदस्य लिएको आयोजक समितिले जनाएको छ ।

आयोजक लगायत ए डिभिजन क्लब, मछिन्द्र, त्रिभुवन आर्मी फुटवल क्लब, एपीएफ, नेपाल पुलिस, चर्ज बोइज, संकटा क्लब, भारतको जयगाँउ फुटबल क्लब, बंगालादेशको काउर्वान बजार प्रगति र भूटानको ड्रुक ल्हृायुल एफसी गरी १० टिम प्रतियोगितामा सहभागी हुनेछन् । विजेताले नगद १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ हात पार्ने छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: