कीर्तिपुरस्थित टियु मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । आजको खलेमा नेपालका प्रशिक्षक मोन्टी देसाइले स्पीनर ललित राजवंशीलाई आराम दिएर तीव्र गतिका बलर गुल्सन झालाई समावेश गरेका छन् ।
स्कटल्यान्डले तीन खेलाडी परिवर्तन गरेको छ । नामिबियाविरुद्ध शतक बनाएका जर्ज मोन्से,अर्का मुख्य ब्याटर काइल कोट्जर र बलर सफयान सरिफलाई स्कटल्यान्डले बेन्चमा राखेको हो । घरेलु टोली लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नामिबियालाई २ विकेटले पराजित गर्दा नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २ सय ८६ रनको लक्ष्य पुरा गरेको थियो ।
स्कटल्यान्ड पनि नामिबियालाई दश विकेटले हराउँदै लिग टु को विजेता बनेको थियो । सिधै ओडिआइ जोगाउन नेपालका लागि लिग टु का प्रत्येक खेल महत्त्वपूर्ण छन् । यसअघि यी दुई टिमबीच लिग टु मा चार पटक भेट हुँदा एकमा नेपाल र तीनमा स्कटल्यान्ड विजयी भएको थियो ।
गत जुलाइमा स्कटल्यान्डलाई नेपालले ५ विकेटले पराजित गरेको थियो । सो खेलमा स्कटल्यान्डले पहिलो ब्याटिङ गरेको थियो । त्यसपछि तीन खेलमा भने स्कटल्यान्डले दोस्रो ब्याटिङ गर्दै जीत हात पारेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया