सन्दीपको विषयमा क्यान कानुनअनुसार अघि बढ्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ माघ १२

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईसीसीले भनेअनुसार अघि बढिने बताए । 

उनका अनुसार आईसीसीले क्यानलाई सन्दीपको विषयमा  कानुन अनुसार अघि बढ्नु भनेको छ । 

उनले भने, ‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन । आइसीसीले क्यानलाई कानुनअनुसार अघि बढ्नु भनेको छ । हामी त्यो विषयमा सोचिरहेका छौँ ।’

उच्च अदालत पाटनले केही समयअघि लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यससता उनको क्रिकेटमा पुनरागमनबारे अन्योलता रहेका बेला चन्दको यस्तो भनाइ आएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *