×

फिफा विश्वकपमा कोरियाले रोक्यो उरुग्वेलाई बराबरीमा

मंसिर ८, २०७९ | दाक्सु मिडिया

कतारमा भइरहेको विश्वकप फुटबलमा दक्षिण कोरियाले उरुग्वेलाई बराबरीमा रोकेको छ ।

गोलरहित बराबरी खेल्दै दुवैले १-१ अंक बाँडेका छन् ।

कुनै खेलमा गोलको वर्षा भइरहँदा कुनै खेलमा भने गोल नै हुन सकेको छैन । समूह एच अन्तर्गत एजुकेडसन सिटी स्टेडियममा भएको उरुग्वे र दक्षिण कोरियाको खेलमा पनि गोल हुन सकेन ।

दुवै टोलीले गोलका लागि केही अवसर पनि बनाएका थिए । तर फिनिसिङ हुन सकेन । खेलमा उरुग्वेका दुई प्रहार पोष्टमा लागेर फर्केको थियो ।

कप्तान डिएगो गोडिन र र फेडरिक भालभर्डेको प्रहारमा पोष्ट बाधक बने । दक्षिण कोरियाले पनि एक राम्रो अवसरमा गोल गर्न सकेन ।

ह्वाङ उही पेनाल्टी बक्सबाट फ्रि प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । जारी विश्वकपमा १४ खेल भइसक्का गोलरहित बराबरीमा सकिएको यो चौथो खेल हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: