आईपीएल क्रिकेटमा राजस्थानमाथि मुम्बईको उत्कृष्ट जित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

काठमाडौं – ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ।

गएराति राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए।​

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो। राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे।

मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए। 

जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ। मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। राजस्थान १० अंकसहित सातौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *