×

पारसको सम्मानमा ७७ नम्बर जर्सी प्रयोग नगर्ने क्रिकेट संघको निर्णय

साउन २४, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ ।

गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेका खड्काको सम्मानमा उक्त निर्णय गरिएको क्यानले जनाएको छ ।

पारसले नेपाली क्रिकेटलाई पुर्‍याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने बताएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: