×

टोकियो ओलम्पिकमा चीनलाई अमेरिकाले उछिन्यो

साउन २४, २०७८ | दाक्सु मिडिया

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ ।

टोकियोमा जारि ओलम्पिकको अन्तिम दिन आइतबार अपरान्हसम ३ सय ३७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा अग्रता बनाएको छ । चीनलाई पछि पार्दै अमेरिकाले शीर्ष स्थान ओगटेको हो  ।

अमेरिकाले ३९ स्वर्ण पदकसहित कुल १ सय १२ पदक जितेको छ । दोस्रो स्थानको चीनले ३८ स्वर्ण पदकसहित कुल ८७ पदक जितेको छ ।  

तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित कुल ५८ पदक जितेको छ ।

ग्रेट ब्रिटेन २१ स्वर्णसहित ६४ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित कुल  ७० जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटाली,नेदरल्यान्ड्स र जर्मनीले समान १० स्वर्ण जितेका छन् ।

फ्रान्सले ९ स्वर्ण जित्दा ब्राजिल, क्युवा, क्यानडा र न्युजिल्याण्डले ७/७ स्वर्ण जितेका छन् ।

हंगेरी र दक्षिण कोरियाले ६/६ स्वर्ण हात पारेका छन् ।

पोल्याण्ड, चेक रिपब्लिक, केन्या, नर्वे र जमैकाले ४/४ स्वर्ण जितेका छन् ।  

त्यस्तै स्पेन, बुल्गेरिया, इरान, स्विडेन, डेनमार्क, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण जितेका छन् ।

दुई स्वर्ण जित्ने राष्ट्रमा जर्जिया, टर्की, इजरायल, उज्वेकिस्तान, बुल्गेरिया, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास, सर्बिया र युगान्डा छन् ।

त्यस्तै २२ राष्ट्रले १/१ स्वर्ण पदक जितेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: