एल क्लासिकोमा म्याड्रिडको जीत, ला लिगाको शिर्ष स्थानमा उक्लियो

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २९

काठमाडौं –  स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ। गएराति सम्पन्न एल क्लासिको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।​

रियलको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडका लागि करिम बेन्जामा र टोनी क्रुजले एक एक गोल गरेका थिए। बेन्जामाले खेलको १३औ मिनेटमा गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए हने क्रुजले खेलको २८औ मिनेटमा दोस्रो गोल गरेका थिए। 

त्यस्तै बार्सिलोनाका लागि खेलको ६०औं मिनेटमा ओस्कार मिंगुएजाले एक गोल फर्काएका थिए। त्यस्तै यस खेलमा दोहोरो पहेलो कार्ड पाएर रियल म्याड्रिडका कासमिरोले खेलको ९०औ मिनेटमा मैदान छोडेका थिए।

यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। रियल म्याड्रिडको ३० खेलमा ६६ अंक भएको छ। त्यस्तै एटलेटिको म्याड्रिड पनि २९ खेलमा ६६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ।

त्यस्तै गरि यो हारले उपाधि जित्ने अभियानमा बार्सिलोनालाइ धक्का लागेको छ। बार्सिलोनाको ३० खेलमा ६५ अंक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *