
काठमाडौँ – मेयर्स कप क्रिकेटको लिग चरण समाप्त भएको छ । दुई विभागीय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बल–एपीएफ फाइनल पुगेका छन् । प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका चार टोली र काठमाडौँ मेयर्स–११ सहित पाँच टोलीले राउन्ड रोबिन लिग आधारमा प्रतिस्पर्धा गरेका थिए ।
ज्ञानेन्द्र मल्ल र पारस खड्का रहेका बागमती प्रदेशसहित सन्दीप लामिछानेले नेतृत्व गरेको काठमाडौँ मेयर्स–११ अगाडि बढ्स असफल भए । पुलिसको कप्तान दीपेन्द्रसिंह ऐरी र एपीएफको कप्तान शरद भेषावकर हुन् ।
प्रतियोगिताको लिग चरणमा सर्वाधिक विकेट लिने बलरमा नयाँ देलाडी आरियो पौडेल शीर्षस्थानमा रहे । उनले चार खेलमा २८ ओभर बलिङ गर्दै एक मेडन राखेर १३ विकेट लिए । उनले ४.९२ को बलिङ इकोनोमीमा बलिङ गरे । त्रिभुवन आर्मी क्लबका साहब आलमले पनि १३ विकेट लिए । उनले चार खेलमा ३७ ओभर बलिङ गर्दै ४.५१ को इकोनोमी कायम गरे ।
३ खेलमा १२ विकेट लिएका पुलिसका पवन सर्राफ तेस्रो स्थानमा रहे । उनले २५.२ ओभर बलिङ गर्दै ७५ रन खर्चिए भने केवल २.९६ को बलिङ इकोनोमी कायम गरे ।
सन्दीप लामिछानेले चार खेलमा ९ विकेट लिए भने उनको बलिङ इकोनोमी ४.७३ रह्यो । ब्याटिङतर्फ आर्मीका विनोद भण्डारी एक सय ८४ रनसहित शीर्षस्थानमा रहेका छन् । उनले एक सतक पनि बनाए । दोस्रो स्थानमा रहेका पुलिसका दीपेन्द्रसिंह ऐरीको नाममा एक सतकसहित एक सय ६५ रन रहेको छ । उनी एक खेलमा शुन्यमै आउट भएका थिए ।
चार खेलमा एक सय ५८ रन जोडेका बागमतीका पारस खड्का तेस्रो स्थानमा रहेका छन् । एक सतकसमेत बनाएका पारस एक खेलमा शुन्यमै आउट भएका थिए । बिहीबार पारस र विनोद दुवैले समान एक सय १९ रनको पाली खेलेका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्