जेनजी आन्दोलनको एक वर्ष : ‘स्मृतिमात्रै होइन, संकल्पको दिन बनाऔँ’-मन्त्री गौतम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २३

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छन्।

उनले एक वर्षअघि आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा फेरि त्यस्तो दिन दोहोरिन नदिने प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन्।

गौतमले राज्यसँग शक्ति र सुरक्षा संयन्त्र हुँदाहुँदै भीड नियन्त्रणका कम घातक विकल्प प्रयोग नगरी गोली चलाइएको भन्दै त्यस घटनाबाट राज्यले संयम र जवाफदेहिताको पाठ सिक्नुपर्ने बताएकी छन्।

उनका अनुसार सडकमा पोखिएको रगत स्मृतिबाट मेटिने छैन र उक्त क्षतिलाई राज्य सुधारको आधार बनाउनुपर्छ। उनले आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *