|
२०८३ भाद्र १४
रसुवा । बाढी र पहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि सुरक्षा टोलीले कामलाई तीव्रता दिएको छ।
सुरुङको मुख लेदो, माटो र भग्नावशेषले पुरिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरसहितका उपकरण प्रयोग गरेर अवरोध हटाइरहेको छ।
प्रतिकूल मौसम र कठिन भूगोलका बीच उद्धार टोली सुरुङभित्र पुग्ने बाटो खुलाउन निरन्तर खटिएको छ। प्रवेशद्वारमा जमेको लेदो र भग्नावशेष हटाउने काम सकिएपछि टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार अघि बढाउने तयारीमा छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्