|
२०८२ पुष ६
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज औपचारिक रूपमा भारत भ्रमणमा जाँदैछन्। जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो।
भ्रमण अवधिमा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
स्वकीय सचिव रेखी गुरुङद्वारा जारी प्रेस नोट अनुसार, उनी आईआईटी बम्बईमा आयोजना हुने टेक फेस्टमा सम्बोधन गर्नेछन् भने नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशनल सेन्टरको कार्यक्रममा पनि आफ्नो विचार प्रस्तुत गर्नेछन्।
डा. भट्टराई पुस ९ गते नेपाल फर्किने कार्यक्रममा रहेका छन्।
स्वकीय सचिवालयले जारी प्रेस नोटमा उल्लेख गरेको छ कि यस भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवाद अझ सुदृढ बनाउन सहयोग पुर्याउनेछ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्