सुदन गुरूङले पोखरामा कार्यक्रममा अवरोधको आरोप लगाए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १५

काठमाडौं, मंसिर १५:
हाम्रोदेशका संस्थापक सुदन गुरूङले पोखरामा हुने सम्मान कार्यक्रममा नेकपा एमालेले अवरोध सिर्जना गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुन लागेको कार्यक्रममा गुरूङलाई सम्मान गरिनेछ।

सुदन गुरूङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् कि “पोखरामा हाम्रो संगठनको बल बढाउन हामी आएका हौं। तर केही समूह र एमालेले कार्यक्रम रोक्न प्रयास गरिरहेको खबर पाएँ।”

उनले थपे, “हामी देशका लागि लडेका हौं, आज कसैसँग सामना गर्न डराउँदैनौं। सत्य र देशको पक्षमा उभिँदै हामी आफ्ना दाजुभाइ र दिदीबहिनीहरूसँग जोडिनेछौं र झण्डा गर्वका साथ उचाल्नेछौं।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *