|
कार्तिक ३०, २०८२
काठमाडौं– भारतबाट खैरो हिरोइन ओसारपसार गरी राजधानी केन्द्रित रूपमा बिक्री गर्दै आएका दुई भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको छापामा सप्तरीका रविआनन्द देव, भारतीय नागरिक राजा कुमार र देवेन्द्रकुमार शाह तथा मोरङका पुष्प मगरलाई नियन्त्रणमा लिइएको हो।
देवको पनेरुगाउँस्थित कोठाबाट २७२ ग्राम, चन्द्रागिरी क्षेत्रबाट ५९२ ग्राम र कोटेश्वर क्षेत्रबाट ९३ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धान अनुसार उनीहरू भारतबाट लागुऔषध ल्याई काठमाडौंमा बिक्री गर्ने समूहसँग आबद्ध रहेको खुल्न आएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्