यी नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाडौँ — बाढी पूर्वानुमान महाशाखाले ‘मोन्था’ चक्रवातको प्रभावका कारण आज देशका विभिन्न भागमा आकस्मिक बाढीको जोखिम उच्च रहेको जनाएको छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावना रहेको चेतावनी जारी गरिएको छ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म यी नदीहरूमा पानीको बहाव निरन्तर बढ्दै जानेछ। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तु लगायतका जिल्लाबाट बग्ने स–साना नदीहरूको बहाव पनि उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको छ। सम्भावित बाढीबाट सुरक्षित स्थानमा सर्ने, आवागमनमा सतर्कता अपनाउने तथा स्थानीय निकायको निर्देशनअनुसार आवश्यक कदम चाल्न पनि अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *