ल्यारी एलिसन बने विश्वकै सबैभन्दा धनी व्यक्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

अमेरिकी सूचना प्रविधि कम्पनी ओरेकलका सह–संस्थापक ल्यारी एलिसनले विश्वकै सबैभन्दा धनी व्यक्तिको स्थान हासिल गरेका छन्। उनले स्पेस एक्स र टेस्लाका मालिक एलन मस्कलाई उछिन्दै अर्बपतिहरूको सूचीमा शीर्ष स्थान ओगटेका हुन्।

ब्लूम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार बुधबार बिहान एलिसनको कुल सम्पत्ति ३ खर्ब ९३ अर्ब डलरमा पुगेको छ, जबकि एलन मस्कको सम्पत्ति ३ खर्ब ८५ अर्ब डलरमा सीमित भएको थियो।

ओरेकलको क्लाउड पूर्वाधार र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा व्यावसायिक सफलताका कारण कम्पनीको सेयर मूल्यमा ४० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ, जसले एलिसनको सम्पत्तिमा कीर्तिमानी उछाल ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *