वर्षौंदेखि उम्लिएको असन्तोष विस्फोट भयाे,राष्ट्रको सम्पदा जोगाउ जेनजी पुस्तालाई आग्रह : राजेश हमाल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई आग्रह गरेका छन्। सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो बताएका हुन्।

सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताए। नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं ।

साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन। ती हाम्रा हुन्। तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने।

हमालले भोलि देशको नेतृत्वगर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन अपिल गरे।

उनले एक, दुई वा पाँच, ६ वर्षदेखिको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विस्फोट भएको भन्दै उनले अब नेपालीले नै मिलेर नेपाल जोगाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *