गुजरातमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु, ४० हजारभन्दा बढी मानिस प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र १३

काठमाडौँ : भारतको गुजरात राज्यमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु भएको छ। ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार गुजरातका ३३ जिल्ला वर्षाका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ। जसमा ११ जिल्लामा रेड अलर्ट जारी गरिएको छ भने २२ जिल्लामा एल्लो अलर्ट जारी गरिएको छ।

गुजरात सरकारका अनुसार हालसम्म बाढीका कराण ५ वटा राष्ट्रिय राजमार्गसहित ९३९ सडक बन्द भएका छन् भने ४१ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। गुजरातका विभिन्न सहरमा १२ फिटभन्दा बढी पानी जमेका कारण उद्धारमा समस्या भइरहेको पनि बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *