×

अमेरिकाको न्युयोर्कमा महिलालाई जिउँदै जलाइयो

पुस ८, २०८१ | दाक्सु मिडिया

काठमाडौं : अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा एक महिलाको मृत्यु प्रकरणमा प्रहरीले एकजना संदिग्धलाई पक्राउ गरेको छ । घटना सबवे ट्रेनमा भएको थियो। पुलिस कमिश्नर जेसिका टिशले बताएअनुसार महिला ट्रेनमा सुतिरहेको बेला संदिग्धले उनको लुगामा लाइटरले आगो लगाएका थिए । महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी आयुक्तले बताएअनुसार संदिग्ध अर्को सबवे ट्रेनमा समातिएका थिए। आइतबार बिहान करिब ७ः३० बजे शंकास्पद व्यक्तिले ती महिलालाई भेटेको प्रहरीले जनाएको छ । यो आक्रमण हुनुअघि उनले ती महिलालाई भेटेका थिएनन्।

गस्तीमा रहेका प्रहरी आगो निभाउन दौडेपछि संदिग्ध व्यक्तिले रेलबाट हाम फाले । पुलिस कमिश्नरले भनिन्, “उनीहरूले एक व्यक्तिलाई ट्रेन भित्र आगोमा पुरै जलेको देखे।” प्रहरीले पीडितको पहिचान र घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेको उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: