
काठमाडौं : सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनल् आफूले झुट नबोल्ने बताए ।
‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ ।’ देउवाले भने । कांग्रेसकै केही नेताहरूले चीनसँग भर्खरै गरिएको बीआरआई सहकार्य फ्रेमवर्कप्रति संशय व्यक्त गरिरहेका बेला सभापति देउवाले त्यसलाई देशहितका पक्षमा चालिएको महत्वपूर्ण कदमका रूपमा अर्थ्याएका छन् । उनले ओलीसँगको सहकार्यप्रति ढुक्क हुन पनि पार्टी पंक्तिलाई आग्रह गरे ।
उनले भने, ‘ओलीजीसँग हामीले सरकार बनाएका छौं । स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनु परेको हो । दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ । ओलीले काम पनि राम्रो गर्नु भएको छ । ढाँट्ने कुरा छैन । भर्खरै चीनमा गएर देशको हितमा महत्वपूर्ण निर्णय गरेर आउनु भएको छ । उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नुभयो । यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु ।’यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
फेसबुकबाट तपाईको प्रतिक्रिया