|
२०८३ श्रावण १७
काठमाडौं । नेपालले आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १–७) सम्म काभा महिला च्याम्पियन्स लिग भलिबल आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले प्रतियोगिता नेपालमै गर्ने निर्णय गरेको हो।
बैठकले संघको वार्षिक कार्यक्रम अनुमोदन गर्नुका साथै स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यस वर्षलाई ‘गोल्डेन जुबली’ का रूपमा विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ।
त्यसैगरी, आगामी १३औँ चुनावी साधारणसभालाई लक्षित गर्दै असोज १५ भित्र सबै जिल्ला र प्रदेश समितिको पुनर्गठन गर्ने तथा सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय गरिएको छ। क्लब सदस्यतालाई व्यवस्थित बनाउन कार्यदल गठन गरी नयाँ कार्यविधिअनु

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्