वार्षिकोत्सवअघि लोक सेवा आयोगको प्रभातफेरी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३१

काठमाडौँ, जेठ ३१ — लोक सेवा आयोगले आफ्नो ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

कमलपोखरीस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः आयोग परिसरमै पुगेर सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले प्रतिस्पर्धात्मक छनोट प्रणाली नै आयोगको मूल आधार भएकाले शैक्षिक योग्यतामा विशेष छुट वा गैरप्रतिस्पर्धात्मक व्यवस्थालाई स्वीकार गर्न नसकिने बताए। कार्यक्रममा आयोगका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *