एआईद्वारा निर्मित ‘फेशन सो’मा विश्वका प्रसिद्ध नेताहरूको क्याटवाक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ७

काठमाडौँ : एलोन मस्कले विश्वका प्रसिद्ध नेताहरूको फेशन सोको भिडियो सार्वजनिक गरेका छन्। उनले उक्त भिडियोलाई आर्टिफिशियल इन्टेलिजेन्स (एआई) फेशन सोको नाम दिएका छन्। जसमा अमेरिकी राष्ट्रपति जो बाइडन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेताहरूलाई देख्न सकिन्छ।

एआईद्वारा बनाइएको उक्त भिडियोमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई फरक तर, सामान्य पहिरनमा देख्न सकिन्छ भने अन्य नेताहरूको पहिरन पनि निकै फरक देखिन्छ।

भिडियोमा टेस्ला र एक्सका मालिक मस्क आफैँ, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, उत्तर कोरियाली नेता किमजोन उन, चिनियाँ राष्ट्रपति सी जिन पिन लगायतका शक्तिशाली नेताहरूलाई फरकफरक पहिरन स्वरुपमा देख्न सकिन्छ। मस्कको उक्त भिडियो निकै भाइरल बनिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *