भारतीय प्रधानमन्त्री मोदी नाइजेरियामा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २

काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नाइजेरिया, ब्राजिल र गुयानाको पाँच दिने भ्रमण सुरु गरेका छन्। यस भ्रमणको पहिलो चरणमा मोदी शनिबार राति नाइजेरियाको राजधानी अबुजा पुगेका छन्। नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनाबुले अबुजा विमानस्थलमा मोदीलाई स्वागत गरेका छन्।

यस स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदीले नाइजेरियाका राष्ट्रपतिलाई धन्यवाद दिएका छन्। साथै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार नाइजेरियाको भ्रमण सकेर प्रधानमन्त्री मोदी ब्राजिल प्रस्थान गर्ने छन्। त्यहाँ उनले जी-२० सम्मेलनमा भाग लिनेछन्।

यसपछि मोदी राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा गुयाना जानेछन्। बितेका ५० वर्षमा कुनै भारतीय प्रधानमन्त्रीले पहिलोपटक गुयानाको भ्रमण गर्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *