रुकुम पूर्वमा पत्नीको घाटी रेटेर पति फरार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३०

काठमाडौँ : रुकुम पूर्वका एक युवकले आफ्नी २५ वर्षीया पत्नीको हत्या गरेका छन्। भूमे गाउँपालिका ६ तमारीका २७ वर्षीय दामे भनिने जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका इन्सपेक्टर हरि भट्टराईले जानकारी दिए।

‘खुकुरीले घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ,’ भट्टराईले भने, ‘हत्यापछि ओली फरार छन्। उनको खोजी भइरहेको छ।’

‘हत्याको कारण खुलेको छैन,’ भट्टराईले भने, ‘घरायसी विवादमा उनले पत्नीको हत्या गरेको छिमेकीहरुले बताएका छन्। हत्यारा फरार रहेकाले थप कारण खुलेको छैन।’

गएको शुक्रबार राति ११ बजे घरमै उनले श्रीमतीको घाटी रेटेर हत्या गरेर घरदेखि केही पर रहेको खोल्सामा लगेर शव फालेको पाइएको प्रहरी निरीक्षक भट्टराईले बताए। शव पोस्टमार्टमपछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *