६ करोड अपचलनपछि फरार मार्गदर्शन सहकारीको अध्यक्ष केसी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १५

रुपन्देही । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ६ करोड अपचलन गरेर ६ वर्षदेखि फरार अध्यक्ष अशोक केसी आज (बिहीबार) भक्तपुरबाट पक्राउ परेका छन् । ०७८ सालमा उनले बचतकर्ताको करिब ६ करोड रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि फरार थिए ।

सिद्धार्थनगर नगरपालिका– ५, मैत्रीपथमा रहेको यो सहकारीका अध्यक्ष दोलखाको साविक डाँडाखर्क गाविस–७ हाल मेलुङ गाउँपालिका–६० बस्ने ३४ वर्षीया केसीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार केसीले शेयरधनी तथा बचतकर्ताको पाँच करोड ९० लाख ८४ हजार १ सय ६५ रुपैयाँ ७६ पैसा हिनामिना गरी फरार रहेको अवस्थामा आज पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारी ठगी तथा ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । त्यसपछि रुपन्देही जिल्ला अदालतबाट प्रहरीले केसीविरुद्ध पक्राउ अनुमति समेत लिएको थियो ।

त्यसयता उनी फरार थिए । तर, साउन १४ गते प्रहरी बृत ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी केसीलाई रुपन्देही ल्याइएका सापकोटाले जानकारी दिए । केसीलाई रुपन्देही जिल्ला अदालतमा पेस गरेर म्याद थपिएको छ । डिएसपी सापकोटाले उनी विरुद्ध ०७८ मा मुद्दा दर्ता भएको र त्यसयता फरार रहेको र हाल त्यो सहकारी बन्द अवस्थामा रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *