सुनको मूल्य घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २५

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *