चुच्चे नक्साको बारेमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको छु : प्रधानमन्त्री

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ११

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबिचको सीमा विवाद दुई देशबिच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन् । दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताएका हुन् ।

‘चुच्चे नक्साको त हामीले राष्ट्रिय सहमतिबाटै सम्मानित सदनबाट सर्वसम्मत रूपले नक्सा पारित गर्‍यौँ । सीमासम्बन्धी विषयमा पनि हामीसँग भएका द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्नुपर्‍यो । यो पटक मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग त्यो विषय पनि छलफल गरेर संवादमार्फत टुङ्गाउन आग्रह गरेको छु । मलाई विश्वास छ सकारात्मक ढङ्गले यो समस्याको समाधानको पहल हुन्छ’ दाहालले भने ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री भने, ‘अझै पनि सरकारको समझदारीबाटै यो प्रतिवेदन बुझ्ने पहल भइरहेको छ ।’ यस्तै दाहालले चुच्चे नक्साको बारेमा समेत मोदीसँग कुरा गरेको र त्यसको सीमासम्बन्धी विषयमा द्विपक्षीय संयन्त्रमार्फत समस्या हल गर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *