|
२०८१ असार १०
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले भ्रष्टाचार र अनियमितता मुलुक समृद्धिको बाधक भएकाले यसको नियन्त्रणका लागि सत्ता र प्रतिपक्षी दल सबै मिलेर लाग्नुपर्ने बताएका छन्।
उनले सुशासनका निम्ति भ्रष्टाचार तगारो रुपमा देखिएकाले सत्ता पक्ष र प्रतिपक्षी दल मिलेर यसका विरुद्ध लाग्नुपर्ने खाँचो औँल्याए। उनले अछाममा छाउगोठमा बसेकी एक किशोरी आफन्तबाट बलात्कृत भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै छानबिन गरी कारबाहीको माग गरे।
आजको बैठकको विशेष समयमा बोल्दै सांसद सुवेदीले नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको सम्बन्धमा कर्मचारीतन्त्रको सबभन्दा माथिको व्यक्ति नै मुछिनु दुःखद भएको बताए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्