×

ओलीकाे प्रश्न- देउवा सरकारले किन तालिवानसँग फोन गरेन ?

भदौ २२, २०७८ | दाक्सु मिडिया

पोखरा । एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताएका छन् । 

पोखरामा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाएका हुन् । 

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो । तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि । तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ ।’
 

‘देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन’

ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाए । उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकाेप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाए ।

‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन ? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: