×

कोइराला पक्षले दिएन मन्त्री हुनेको नाम, कांग्रेसबाट अहिले ४ जना मात्रै मन्त्री!

चैत्र १७, २०७९ | दाक्सु मिडिया

शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि सभापति शेरबहादुर देउवाले ४ जना मन्त्री हुने मात्रै नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको स्रोतले जानकारी दिएको छ।

पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरूङको नाम मन्त्रीका लागि पठाइएको हो।

खड्का उपप्रधानमन्त्रीसहित रक्षा, महत अर्थ, रिजाल उद्योग र गुरूङ सहरी विकास मन्त्री बन्ने स्रोतको दाबी छ। यद्यपी मन्त्रालय भने शपथअघि हेरफेर हुन एक नेताले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: