उपराष्ट्रपति निर्वाचनमा रास्वपाले मतदान नगर्ने!

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने तयारी गरेको छ।

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले शुक्रबार साढे ११ बजेको लागि बैठक बोलाएको थियो। तर निर्वाचन आयोगले आचार संहिता जारी भएपछि बैठक नबस्न भनेको भन्दै रास्वपाले बैठक स्थगित गरेको छ।

उपराष्ट्रपति निर्वाचनबारे आफूहरू बाचापत्र अनुसार अघि बढ्ने रास्वपाका एक नेताले सेतोपाटीलाई जानकारी दिए।

निर्वाचनको बेला जारी भएको रास्वपाको बाचा-पत्रमा राष्ट्रिय सभाको अध्यक्ष पदेन उपराष्ट्रपति हुने प्रावधान छ।

रास्वपाका एक सांसदले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने सम्भावना रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *