×

एमालेले बोलायो सचिवालय बैठक

माघ १७, २०७८ | दाक्सु मिडिया

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

त्यस्तै सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आजको बैठकमा आएको र ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने अर्का उपमहासचिव विष्णु रिमालले बताए । बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने लगायतका तयारी रहेको छ । आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: