×

१३ दिने गृहमन्त्री बनेका खगराज साढे २ महिने मुख्यमन्त्री हुने जोखिम

फाल्गुन १४, २०७९ | दाक्सु मिडिया

राष्ट्रपति निर्वाचनमा नयाँ ८ दलीय गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएको छ भने संघ र प्रदेशबाटसमेत समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । केन्द्रीय निर्णयअनुसार गण्डकी प्रदेशमा पनि राप्रपा सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकार अल्पमतमा परिहाल्छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २१, माओवादीका ८ र राप्रपाका २ सांसदले उनलाई विश्वासको मत दिएका थिए । त्यतिबेला एमालेबाट ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बैठक चलाएकाले मत हालेका थिएनन् भने अहिले माओवादीका सभामुख कृष्ण धिताल छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: