त्रिशूलीको रिभरफनमा उप–प्रधानमन्त्री नारायणकाजीले गरे जिपलाइन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १

उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदी माथि रहेको ‘रिभर फन जिपलाइन’मा जिपलाइन गरेका छन्। 

पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा आज श्रेष्ठले जिपलाइन गरेका हुन्। खेल्नु अगाडि डर लागेजस्तो भए पनि जिपलाइन उडान रोमान्चक भएको श्रेष्ठले प्रतिक्रिया दिए। 

पछिल्लो समय एड्भेन्चर गतिविधिले आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै सघाएको श्रेष्ठले बताए।

५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशूली नदी माथि पर्ने कारण झनै सहासिक र रोमान्चक रहेको रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारी बताउँछन्। 

रिभर फनमा जिपलाइन खेल्न प्रती व्यक्ति १ हजार र फोटो भिडियोको थप तीन सय लाग्नेछ। 

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट सुरू हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकाले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्नेछ। १२ वर्षदेखि रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिचमा ९५ मिटर स्काइ रोप साइक्लिङ समेत रहेको छ।

मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको उनले बताए। 

जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ रहेको छ। जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *