×

सोलुखुम्बुको दुधकोशी सामुदायिक अस्पतालद्वारा दन्त तथा एक्सरे सेवा बिस्तार

माघ १९, २०७९ | दाक्सु मिडिया

सोलुखुम्बुको दुधकोशी सामुदायिक अस्पतालले दन्त सेवा र एक्सरे सेवा बिस्तार गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीमा रहेको अस्पतालले दन्त तथा एक्सरे सेवा बिस्तार गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

उक्त सेवाको आज बिहिबार थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई र उपाध्यक्ष सबिता राईले सयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ । सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष असिम राईले दाँत सम्बन्धी सेवा लिनका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउँनुभयो । अहिले परिक्षणकालमा रहेकोले अबको केहि समयमा अत्याधुनिक सेवा प्रदान गर्ने अध्यक्ष राईले बताउँनुभयो ।

५० शैयाको दुधकोशी सामुदायिक अस्पतालको असोज ३ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले उद्धघाटन गर्नुभएको थियो । १० करोड १० लाखको लागतमा गाउँपालिका र स्थानीयहरुको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो ।
हाल अस्पतालले ओपिडी सेवा, ल्याब, फार्मेसी सेवा, भेडियो एक्सरे सेवा दिइरहेको अस्पताल प्रमुख इस्मिता बिष्टले जानकारी दिनुभयो । अस्पतालमा २ जना एम.बि.बि.एस. डाक्टर सहित १७ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

साभार Solu FM

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: