विष्णु पौडेललाई प्रश्न : माओवादीसँग मिलेर अर्को सरप्राइज दिन लाग्नुभएको हो ?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर १९

अन्तर्वार्ता :विष्णु पौडेललाई प्रश्न : माओवादीसँग मिलेर अर्को सरप्राइज दिन लाग्नुभएको हो ?नतिजा हामीले चाहे अनुरुप आएन । हामीले यो भन्दा फरक नतिजाकै अपेक्षा गरेका हौं । हाम्रो पक्षका बहुमत, नभए पहिलो ठूलो पार्टी भन्ने विश्लेषण थियो । मतको हिसाबले हामी ठूला भएकै हौं । तर सिट अनुसार भएनौं ।
सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार खारेजीमा परेपछि सहज अवस्थामा देखिन्थे एमाले उपाध्यक्ष विष्णु पौडेल । तर रुपन्देही २ बाट चुनाव जित्न उनलाई निकै हम्मे पर्‍यो । उनी यसलाई देश भित्र र बाहिरका शक्तिहरुको घेराबन्दी भनी अर्थ्याउँछन् ।उनले पछिल्लो जनादेशप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् । विगतमा एमाले र माओवादीबीच चरम तिक्तताको बीच संवाद गराएर पार्टी एकता गर्न भूमिका खेलेका पौडेल ०७५ जेठ ३ मा नेकपा निर्माणसँगै शक्तिशाली महासचिव समेत भएथे ।के नयाँ जनादेशसँगै एमाले र माओवादी नयाँ सरप्राइज दिने मुडमा छन् ? यिनै प्रश्नहरु सहित एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आज आइतबार बिहान अनलाइनखबरकर्मी बसन्त बस्नेतले गरेको कुराकानी :तपाईंले चुनावमार्फत् आएको जनादेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएछ, किन ?निर्वाचनमा जनताले दिएको जनादेशलाई हामी स्वीकार गर्छाैं । मेरो विश्लेषण के हो भने यसले आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि योगदान गरेन भन्ने हो । मैले हाम्रो सोचाई अनुरुपको जनादेश आएन भनेर अस्वीकार गर्नुपर्छ भनेको छैन । देशले सही बाटो समात्न नपाउने हो कि भन्ने चिन्ता व्यक्त हुनु स्वभाविक हो ।एमालेलाई सिटमा नभए पनि मतमा पहिलो पार्टी नै बनाइदिए नि मतदाताले । यसमा असन्तुष्ट हुुनुपर्ने के छ र ?नतिजा हामीले चाहे अनुरुप आएन । हामीले यो भन्दा फरक नतिजाकै अपेक्षा गरेका हौं । हाम्रो पक्षका बहुमत, नभए पहिलो ठूलो पार्टी भन्ने विश्लेषण थियो । मतको हिसाबले हामी ठूला भएकै हौं । तर सिट अनुसार भएनौं । पार्टीहरुले आफ्नो जनाधार बुझ्ने राम्रो तरिका भनेको समानुपातिक मत हो । त्यसमा हामी पहिलो छौं । त्यो ठिकै छ । स्वीकार गर्छाैं ।नयाँ दलको उदयले तपाईंहरुलाई असर परेको देखियो होइन ?केही असन्तुष्टि, केही आक्रोश र अपेक्षा यो मतमा व्यक्त भएको छ । नागरिकबाट प्रतिक्रियास्वरुप मतहरु आएको देखिन्छ ।माओवादीले गठबन्धन जारी राख्दै सरकार गठनका अरु विकल्प खुला राख्ने अर्थपूर्ण निर्णय गरेको छ । तपाईंंहरुसँग यसको केही सम्बन्ध छ ?अहिले हामी चुनावको अन्तिम नतिजा पर्खाइमा छौं । अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेलाई सायद जनताले प्रतिपक्षमा बस्नका लागि आदेश दिएका छन् । हामीले त्यो बुझेका छौं ।तपाईंहरुलाई आशानुरुप मत नआएको होला, तर अर्को कुनै दलले स्पष्ट बहुमत पनि लिएको छैन । त्यसैले प्रतिपक्षमा बस्नु नै जनादेश हो भनेर भन्न मिल्छ ?हामीले जोसँग चुनाव लड्यौं, उहाँहरुले नै २०–२५ वर्षसम्म गठबन्धन जारी हुन सक्छ भनिसकेपछि के बुझ्ने ? किनभने सामान्य बहुमत उहाँहरुको पक्षमा पुग्ला भन्ने देखिन्छ । त्यस्तो अवस्थामा उहाँहरुले सरकार बनाउनुस् । हामी प्रतिपक्षमा बसौंला ।पहिले कांग्रेसले सरकार बनाउन कोसिस गरिहेरोस्, सकेनछ भने हामी अघि बढौंला भनेर उपयुक्त घडी पर्खिराख्नुभएको हो ?नेकपा एमालेका विरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी छ । त्यो हामीलाई थाहा छ । यो पार्टीलाई राष्ट्रिय राजनीतिबाट समाप्त पार्न धेरै ठूला कोसिस भए । अहिले पनि ती कोसिस जारी छन् । ती षड्यन्त्रहरु चिर्दैछौं ।एमालेलाई कुनै घडीको प्रतीक्षा गरिराख्नुपर्ने आवश्यकता छैन । एमाले धेरै जिम्मेवार राजनीतिक दल हो । यसले परिस्थितिको सावधानीपूर्वक विश्लेषण गर्छ । जिम्मेवारीपूर्वक निर्णय लिन्छ । हामी सहज मनस्थितिमा छौं– जनादेशलाई सम्मान गर्ने । त्यसै अनुरुप भूमिका परिभाषित गर्ने । प्रकट जनादेशलाई सम्मान गर्ने बाहेक अरु विचार एमालेको छैन ।तर तपाईँहरु हिजोआज माओवादीसँग छलफलमा हुनुुहुन्छ, होइन ?छलफलमा छैनौं । छलफलमा हुनुपर्ने आवश्यकता पनि छैन । शुभकामना आदानप्रदान हुनु बेग्लै कुरा हो । यस्ता छलफल बाहेक अरु छलफल गरेका छैनौं ।तर तपाईंहरु बेलाबेला अनेक घटना घटाइराख्नुहुन्छ । ०७४ सालमा माओवादी र कांग्रेस गठबन्धनमा रहेकै बेला तपाईंहरुले रातारात नयाँ वाम गठबन्धन बनाइदिएको होइन ? त्यस बेला पनि माओवादीसँग तिक्त सम्बन्धकै बीच सरप्राइज आएको थियो । यसपालि पनि सारा प्रक्रिया गुपचुप राखेर त्यस्तै सरप्राइज दिने मुडमा हो ?एमाले सरप्राइज दिने कुरामा विश्वास गर्दैन । हामी लोकतान्त्रिक र पारदर्शी पार्टीका सदस्य हौं । जे हुन्छ, सफा सफा हुन्छ । अहिले मत परिणामको सम्मान, त्यस अनुरुपको भूमिका बाहेक दायाँबायाँ कुरा छैन । अहिलेको जनादेश एमालेलाई प्रतिपक्षमा बसाउनकै लागि आएको छ । एमालेलाई बहुमत नदिएर गल्ती गरिएछ भन्ने कुरा मतदातालाई छिटोभन्दा छिटो महसुस हुनेगरी हामी काम गर्छौं ।एमाले नेतृत्वको वाम गठबन्धनलाई बहुमत दिएर गल्ती गरिएछ भन्ने पर्नेगरी विगतमा पो काम गर्नुभयो कि ?वामपन्थी एकता र वाम सरकार निर्माण सही थियो । समयोचित थियो । त्यो इतिहासको आवश्यकता थियो । त्यो टिक्न सकेन । अझ भनुँ, टिकाउन सकिएन । त्यो वामपन्थी आन्दोलनका सन्दर्भमा दुर्भाग्य थियोे । जनतालाई हामीसँग पछुतो हुन्थ्यो भने नेकपा एमाले अहिलेको चुनावबाट पनि एक नम्बरको लोकप्रिय पार्टी हुँदैनथ्यो । गठबन्धन भएका कारणले एमाले सिटमा पहिलो हुन सकेन होला । त्यो हामी मान्छौं । तर दलहरुको असली सामथ्र्य त समानुपातिक नतिजाले देखाइदियो ।नतिजा हेर्दा नागरिकहरु गठबन्धन सरकारमात्रै नभएर तपाईंहरुसँग समेत असन्तुष्ट छन् भन्ने त प्रष्टै देखियो नि ?नेकपा एमालेका विरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी छ । त्यो हामीलाई थाहा छ । यो पार्टीलाई राष्ट्रिय राजनीतिबाट समाप्त पार्न धेरै ठूला कोसिस भए । अहिले पनि ती कोसिस जारी छन् । ती षड्यन्त्रहरु चिर्दैछौं । तर हामीलाई बेलाबेलामा पछार्न कोसिसहरु गरिएको हो । फेरि धुलो टक्टक्याउँदै उठेका हौं । हामीलाई जनताको साथबाहेक सामथ्र्यको अर्को कुनै आधार छैन । घेराबन्दी र अनेक गठबन्धनका बीच हामी यो संसदमा ठूलो पार्टी हुन्छौं भन्ने थियो । घटनाक्रमले हाम्रो ठम्याईलाई आंशिक रुपमा पुष्टि गरिदियो । सिटसंख्यामा चाहिँ हामी दोस्रो हुन पुग्यौं ।पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत ठूलो सम्भावना बोकेको तप्का नै पराजित हुने स्थितिलाई कसरी स्वमूल्यांकन गर्नुहुन्छ ?यसपल्टको चुनावमा एमालेका केही निश्चित नेताहरु हिटलिस्टमा हुनुहुन्थ्यो । हामी हिटलिस्टमा थियौं ।कसको हिटलिस्टमा हुनुहुन्थ्यो तपाईंहरु ?मैले भनिराख्नै पर्दैन । तपाईँहरु बुझिहाल्नुहुन्छ नि ।देशभित्र कि बाहिरको हिटलिस्टमा हुनुहुन्थ्यो ?तपाईँले बुुुझिसक्नुभयो नि । तपाईंको प्रश्नमै जवाफ छ नि । हामीलाई कुनै पनि हालतमा संसदमा फेरि जान दिनुहुँदैन भन्ने हाम्रा विरुद्धमा थियो । एमालेलाई घेराबन्दी गर्ने, कमजोर पार्ने जुन मिसन छ, त्यो रोकिएको छैन । एमालेका अमुक नेताहरु जो जितेर आयौं, कतिले हार्‍यौं, हामी हिटलिस्टमा थियौं । हामीलाई हराउन सबै किसिमका प्रयास भए । केही ठाउँमा क्रस गर्न सक्यौं, केही ठाउँमा सकेनौं । कुरा यो हो ।ए हिटलिस्टले पो हार्नुभएको ? आफ्ना कमजोरी थिएनन् ?किन हुँदैनन् ? आफ्ना कमजोरी हुन्छन् । जनताले तिनको मूल्यांकन गर्छन् ।र, जनताले मूल्यांकन गरे । यसरी हेर्न सकिँदैन ?कहिलेकाहिँ जनताले मूल्यांकन गर्छन् । कहिलेकाहिँ जनतामा भ्रम पनि सिर्जना गरिन्छ ।पराजयलाई पराजयको रुपका स्वीकार गर्न तपाईंहरुलाई केले रोक्छ ?मैले सुरुमै भनें नि– हामी चुनावको नतिजा मान्छौं । अस्वीकार गर्ने त प्रश्नै भएन नि । तर सरकारको नेतृत्व गर्ने जनादेश पाएनौं । किनभने हाम्रा विरुद्ध जुन घेराबन्दी थियो, रिङ आउट गर्ने, पार्लियामेन्टमा इन्ट्री नदिने जुन प्रयास भयो, त्यसलाई त कसरी बिर्सन सकिन्छ र ?माधव नेपाल र नेकपा एसले १० सिट जितेका छन् । उनीहरुलाई एमालेमा फर्कौंं भन्नुहुन्छ ?गठबन्धन भएको हुँदा उहाँहरुले ल्याउनु भयो होला । तर वास्तविक शक्ति कति छ भन्ने त समानुपातिकमा देखियो नि । अहिले धेरै कुरा नगरौं यसमा ।एकीकृत समाजवादीमा एकताको कुरा उठेको छ नि ?एमालेमा फर्कन चाहने साथीहरुलाई स्वागत छ । आखिर विभाजन नै उचित थिएन । ०५४ कै उदाहरण पनि थियो ।एमाले –माओवादी मिल्ने, वा एमाले–कांग्रेस मिलेर सरकार बन्ने कुनै सम्भावना छ ?दुइटै सम्भावना छैन । दुईवटा मुख्य दल मिलेर सरकार बनाउने कुरा उचित होइन । विगतमा संक्रमणकालीन बेला गरियो होला । सामान्य अवस्थामा त्यो मिल्दैन । बलियो प्रतिपक्ष भएन भने लोकतन्त्र ठिक ढंगले अघि बढ्दैन । एउटा सरकारमा बस्नुपर्छ, अर्कोले प्रतिपक्षमा बस्नुपर्छ ।दोस्रो, माओवादीको बारेमा । एमाले झर्ला र खाउँला भन्ने पार्टी होइन । हामी आफ्नो पौरखमा विश्वास गर्छौं । राष्ट्रिय राजनीतिमा आज एमालेको जुन उपस्थिति छ, यो नहोस् भनेर देख्न चाहनेहरु छन् नि । यो सबै घेराबन्दी बीच पनि जनमतमा एक नम्बर पार्टी भयौं । त्यो जनमतको भरोसा गरेर नै अघि बढ्छौं । झर्ला खाउँला भन्ने होइन ।खाइदिनुस् भन्दै आए भने के गर्ने ?यस्तो प्रश्न अनुमानमा गर्ने, अनि जवाफ पनि अनुमानमै दिने । यो मिलेन ।माओवादीको हिजोको निर्णय त्यस्तै किसिमको छ त ?मलाई थाहा भएन । हामीलाई यस्ता विषयमा रुचि पनि छैन । अहिले सबै परिस्थितिको विश्लेषण गर्ने, कतिपय पार्टीभित्रका आन्तरिक अराजकता र स्वेच्छाचारिताको बारेमा समीक्षा गर्ने । हामी यस्ता कुरामा ध्यान दिइरहेका छौं ।अब एमालेले के गर्छ उसोभए ?सशक्त प्रतिपक्ष । हाम्रो यही भूमिका हो । त्यो भूमिका सही ढंगले निर्वाह गर्छौं ।प्रदेशमा पनि त्यही हो ?प्रदेशमा पनि हामीले जनादेशकै सम्मान गर्छौं । हाम्रो बन्न सक्ने ठाउँमा प्रयास गर्छौं । अरु ठाउँमा छाड्छौं ।चुनावपछिको परिस्थिति कस्तो होला ?हङ पार्लियामेन्ट दुःखद स्थिति नै हो । कुनै पनि पार्टीको बहुमत नहुनु राम्रो होइन । एमालेको बहुमत आएको राम्रो । हामीले नपाए पनि अरु कसैले पाएको भए हुन्थ्यो । अहिलेको अवस्थाले धेरै समस्या निम्त्याउँछ ।आम निराशा बढ्दै गएको देख्नुभयो होला नि ? त्यसलाई निवारण गर्न के गर्नुहुन्छ ?निराशा बढ्दै गएको सही हो । यसलाई सही ढंगले निकास दिने पहिलो दायित्व सरकारको हुन्छ । अब बन्ने सरकारले यस विषयलाई सम्बोधन गरोस् । नागरिकलाई भविष्यप्रति विश्वास जगाउन सकोस् । सरकारले सकेन भने एमालेले दायित्व निर्वाह गर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *