सोलुखुम्बु, २७ साउन, २०७९ । सोलुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ जुबुमा एकै दिन तीन वटा कार्यक्रमको उद्घाटन गरिएको छ । लक्ष्मी बैकको शाखा रहित बैंकिङ शेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालयको भवन उद्घाटन गरिएको हो ।
वडा नम्बर ४, ५ र ९ लाई लक्षित गरि सुकेपोखरीबजारमा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा सन्चालनको उद्घाटन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । कोशी पारीका नागरिकलाई सहज बैंकिङ सेवा प्रदान गर्नको लागि बैंक सङ्ग सहकार्य गरि वडा नम्बर ७ र ८ लाई लक्षित गरि बुढिडाडा र आज जुबुमा सेवा सन्चालन गर्न सफल भएको पालिका अध्यक्ष असिम राईले बताए ।
जिल्लामा नै बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै अध्यक्ष राईले जेष्ठ नागरिकलाई यातायातमा हुने खर्च र समय बचत हुने विश्वास व्यक्त गरे।
यस्तै ग्रामीण स्वास्थ्य इकाईको भवन उद्घाटन पश्चात सेवा प्रवाहमा निकै सहज हुने इकाइका निमित्त प्रमुख ज्योति राईको भनाइ छ । यस अघि निजि घर भाडामा लिएर स्वास्थ्य सेवा प्रबाह भैरहेको थियो । गाउँपालिकाको पहलमा करिब ३२ लाखको लागतमा रावा कन्ट्रक्सनले उक्त भनव निमार्ण गरेको हो ।
यसैबीच, गाउँपालिका र जिल्ला समन्वय समिती सोलुखुम्बुको लागत साझेदारीमा निर्मित वडा-५ को वडा भवनको पनि पालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका छन्। वडा अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता एवम् पालिका प्रमुख राईको प्रमुख आतिथ्यतामा उक्त वडा भवनको उद्घाटन गरिएको वडा नम्बर ७ का अध्यक्ष पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपप्रमुख सविता राईले वडा नम्बर ५ बासीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सेवा प्रबाहमा सहजता हुने विश्वास व्यक्त गरे । हिमालय माविको भवनबाट सेवा दिदै आएको वडाले अब देखि आफ्नै कार्यालयबाट प्रदान गर्दा सहजता हुने भन्दै उपप्रमुख राईले गुणस्तरीयताका साथै सहजरुपमा प्रदान गर्नकोलागी कर्मचारीलाई निर्देशन दिए।
पालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले नागरिक सचेत नभए सम्म विकास नहुने भन्दै खवरदारी र समर्थनको भावनामा बिकास हुनुपर्ने बताए ।
यस्तै पालिका प्रमुख असिम राईले स्थानीय सरकारले भौतिक पुर्वधार निमार्ण देखि जनजीविकाको सबालमा उत्तिकै काम गरिरहेको बताउनुभयो । भौगोलिक हिसाबले जुबु र लोखिम पालिका केन्द्र देखि बिकट रहेको विषयलाइ मध्यनजर राखी काम गरिरहेको बताएका छन् । गाउँपालिकाको नौ वटै वडालाइ समान ढंगले बिकास गर्ने अबधारणालाई आत्मासाथ गर्दै काम गरिरहेको भन्दै अध्यक्ष राईले सवैको सहभागीता बिना बिकास संभव नहुने बताए ।
एकै दिन तीन वटा कार्यक्रमको उद्घाटन गरेको स्मरण गराउदै अध्यक्ष राईले निमार्ण व्यवसायीले इमानदारीताका साथ काम गर्नेभए बिकासनिर्माणमा ठुलो टेवा पुग्ने बताए । ठेकेदारले काम नगर्ने अनि जनप्रतिनिधिलाई गाली गर्ने काम भइरहेको भन्दै अध्यक्ष राईले काम नगर्ने ठेकेदारलाई बहिस्कारको नीति लिने बताए ।
यस्तै सोही कार्यक्रममा जग्गादातालाइ सम्मान गरिएको छ भने पहिरो पीडितपरिवारलाई राहत स्वरुप दस हजार नगद हस्तान्तरण पनि गरिएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्