आज घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेस

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ११

नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ।

महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेको छ।

कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टी समितिहरू, विज्ञ तथा सर्वसाधारणबाट सुझाव लिएर घोषणा पत्र तयार पारेको हो।

यसपालि घोषणा पत्रमा पूरा गर्न सकिने खालका कुरा मात्रै उल्लेख गरिएको घोषणा पत्र निर्माण समितिका एक सदस्यले बताए।

कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायत विषयलाई प्राथमिकता दिएको छ भने जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा विषय पनि उठान गरेको ती बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *