कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्कीलाई मातृशोक😭

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक २३

‘कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ ।

उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए । मंगलबार ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किदा उनकी आमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

विक्की भारतको सिक्किम निवासी हुन् । यसैले, विक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुकी ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको सञ्चारकर्मी तथा ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी प्रताप लामाले जानकारी दिए ।

यसपछि, उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *