जनकपुरमा कर्फ्यु केही समयका लागि सहज, अत्यावश्यक सेवा सञ्चालनमै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

जनकपुरधाम । धनुषाको जनकपुर क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश यथावत् रहे पनि प्रशासनले बिहान ६ बजेदेखि ८ बजेसम्म नागरिकलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिदका लागि घरबाहिर निस्कन अनुमति दिएको छ।

जिल्ला प्रशासनका अनुसार अस्पताल, औषधि पसल, एम्बुलेन्स, दमकल, ग्यास तथा इन्धन आपूर्ति, दूध र खानेपानी ढुवानीलगायतका अत्यावश्यक सेवामा कुनै रोक लगाइएको छैन।

यस्तै, परिचयपत्र वा आवश्यक कागजात भएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसका स्वयंसेवक, बिरामी, तीर्थयात्री तथा हवाई यात्रुहरूलाई आवश्यक आवतजावत गर्न अनुमति दिइने प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *