वर्डफ्लु नियन्त्रणमा सरकारको पहल प्रभावकारी, पोल्ट्री क्षेत्र उत्साहित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ९

काठमाडौं । पछिल्लो समय सरकारले अपनाएको सक्रियता र जनचेतनामूलक अभियानका कारण नेपालमा वर्डफ्लुको संक्रमण नियन्त्रणतर्फ उन्मुख भएको पोल्ट्री व्यवसायीहरूले बताएका छन्।

व्यवसायीका अनुसार समयमै गरिएको निगरानी, आवश्यक सावधानी र किसानलाई उपलब्ध गराइएको राहतले थप क्षति हुनबाट जोगाएको छ। पशु सेवा विभागको भूमिकाप्रति कुखुरापालक तथा ह्याचरी उद्योगसँग सम्बन्धित संघहरूले आभारसमेत व्यक्त गरेका छन्।

पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा वर्डफ्लुको नयाँ संक्रमण देखिएको छैन। प्रभावित किसानलाई राहत वितरण गरिएको र संक्रमण नियन्त्रणमा आएसँगै अण्डा तथा कुखुराको मासुको बजार पनि क्रमशः सामान्य बन्दै गएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *