×

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना महिला घाइते

पुस १७, २०८१ | दाक्सु मिडिया

काठमाडौं : मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। बुधबार बिहान साढे ८ बजे मनहरी गाउँपालिका-६ लोथर खोला नजिकै रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैंडाले एक महिलामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाँस काट्न र गोबर टिप्न गएकी चितवन राप्ती नगरपालिका-१ दुबिचौरकी ७० वर्षीया दिलमाया स्याङ्तानमाथि गैंडाले आक्रमण गरेको हो। गैंडाले आक्रमण गरेको स्थानीयले देखेपछि होहल्ला गरी भगाएका थिए। गैंडा जंगलतर्फ भागेको प्रहरीले जनाएको छ। घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि चितवनमा पठाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: