काठमाण्डौँ । काठमाण्डौँबाट काभ्रेको बनेपातर्फ जाने सार्वजनिक बसमा पाकेट मार्ने र सिक्री लुट्न सक्रिय एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । यो गिरोह भक्तपुर क्षेत्रमा सक्रिय थियो, लगातार लुटपाट मच्चाइरहेका उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्ये एक कृष्ण बहादुर खड्का छन्, उमेरले ४२ वर्ष पुगेका उनी लुटपाटमा माहिर रहेका प्रहरीले जनाएको छ । मोरङ शनिश्चरे नगरपालिका–९ घर भएर भक्तपुरको सिपाडोल बस्ने खड्का यसअघि ३८ पटक पक्राउ परेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा भेटिएको छ ।
कार चढेर हिँडने खड्कासहित आठ जनालाई कात्तिक २६ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताएका छन् । खड्का बा ४ च ३९१६ नम्बरको कार चढ्थे । ३९औँ पटक प्रहरीको कस्टडीमा पुगेका उनी लुट्न युवा परिचालन गर्ने गर्थे । उनले भक्तपुर आसपासमा सिक्री लुटपाट र पाकेटमारी धन्दा नै चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्