भक्तपुरमा अनिश्चितकालीन कर्फ्यू आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

काठमाडौं ।भक्तपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। मध्यपुर थिमी, सूर्यविनायक, र भक्तपुर नगरपालिका क्षेत्रभित्र आवतजावत, सभा, जुलुस, प्रदर्शन, तथा भीडभाड पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।

कर्फ्यू लागेका मुख्य क्षेत्रहरू:

  • जडीबुटी–राधेराधे–बालकोट, पेप्सीकोला क्षेत्र
  • अरनिको राजमार्ग साँगासम्म, मनोहरा पुलदेखि निकोसेरा चोक
  • कौशल्टार, बालकोटचोक, चारदोबाटो क्षेत्र
  • सल्लाघारी–नगरकोट मार्ग, कमलविनायक, खरिपाटी
  • च्यामासिंह, ताथली हुँदै नालासम्म
  • देकोचा, चाँगुनारायण मन्दिर क्षेत्र
  • नेपाल इन्जिनियरिङ कलेज आसपास

प्रशासनले शान्ति सुरक्षाको कारण देखाउँदै कर्फ्यू आदेश जारी गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *