काठमाडौँमा ३ दिने ‘अहिंसा महोत्सव’ सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १६

काठमाडौं । नेपाल शाकाहारी संघद्वारा आयोजित तीन दिने ‘अहिंसा महोत्सव नेपाल’ काठमाडौँस्थित नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ। भदौ १२ देखि १४ गते (अगस्ट २८–३०) सम्म सञ्चालन भएको महोत्सवमा करिब ६ हजार देशी–विदेशी सहभागिता रहेको थियो।

पूर्व अर्थमन्त्री तथा सांसद डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता र संघका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न महोत्सवमा शाकाहारी जीवनशैली, दिगो विकास र पशु अधिकार सम्बन्धी अन्तरक्रिया, सांगीतिक कार्यक्रम, भरतनाट्यम, योग सत्र, शाकाहारी खाना प्रदर्शनी र निःशुल्क भिगन परिकारको स्वाद चाख्ने व्यवस्था गरिएको थियो।

‘करुणाले जोड्छ’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा ६० भन्दा बढी शाकाहारी स्टल, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी संघसंस्थाको सहभागिता रहेको थियो। कार्यक्रमको सह–आयोजकमा काठमाडौँ एनिमल सेभ, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वर्ल्ड भिजन अर्गनाइजेसन थिए भने, प्रायोजकमा वर्ल्ड भिगन भिजन र म्याजिक मार्बल फाउन्डेसन रहेका थिए।

मिडिया पार्टनरको रूपमा महाकुलुङ टेलिभिजन, ओएसआर, रेडियो आहा र नेपाल टेलिभिजनको साथ रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *