|
२०७८ फाल्गुन ५
काठमाडौं : बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। बिहीबार बिहान मिनिबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता संजिव शर्मा दासले दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने,‘मृतकको सनाखत हुन सकेको छैन। अनुसन्धान गर्दैछौं। ’
बिहीबार बिहान दुई पैदल यात्रीलाई मिनिबसले बालाजुको गंगा फिल्म हल अगाडि ठक्कर दिएको ट्राफिक प्रहरीले बताएको छ। बाटो काट्ने क्रममा मिनिबसले पैदल यात्रीलाई ठक्कर दिएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्