गाडीको ठक्करबाट हवल्दारको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३०

रूपन्देही । रुपन्देहीको कन्चन ४ थकालीचोकमा सवारी चेकिङ गरिरहेका प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका ४ थकालीचोकस्थित ट्राफिक चेकिङको क्रममा गाडीले ठक्कर दिँदा जिल्ला प्युठान एरावती गाँउपालिका- २ घर भएका हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ।

पहिचान खुल्न नसकेको गाडीले बिहीबार बिहान ठक्कर दिंदा ३६ वर्षिय प्रहरी हवल्दार बुढा मगरको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको शव पोष्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाए अनुसार ठक्कर दिने गाडीको पहिचानका लागि हरैया, लोन्डिहवा र लुम्बिनीमा राखिएका सि सि टिभी क्यामेराको सहायताबाट खोजी भैरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *