|
२०८२ आश्विन २९
काठमाडौं — श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो। कम्पनीले असोज २६ गतेदेखि आईपीओ खुला गरेको थियो र आज कार्यालय समयभित्र मात्र आवेदन दिन सकिने छ।
कम्पनीले कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ, जसमा पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ। दोस्रो चरण अन्तर्गत २५ लाख १० हजार ४ सय ९३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमार्फत बिक्रीमा ल्याइएको छ।
आईपीओमा २ लाख ५१ हजार ४६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाउने छन्।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्