|
२०७८ आश्विन १७
काठमाडौं । साहस ऊर्जा लिमिटेडले निष्कासन गरेको आईपीओको रिजल्ट आइतबार आएको छ ।
शेयरबाँडफाँट सकेको बिक्री प्रबन्धक एनआइबीएलएस क्यापिटलले ६ लाख ४४ हजार जनालाई आईपीओ बाँडफाँट गरेको जनाएको हो ।
कम्पनीले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २३ लाख ९५ हजार ४ सय ५६ जनाले आवेदन दिएका थिए ।
आईपीओको नतिजा थाहा पाउन एनआइबीएलएस क्यापिटलको वेभसाइट, सिडिएससी वा कम्पनीको वेभसाइटबाट हेर्न सकिन्छ ।
२ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको शेयर बाँडफाँटपछि पुँजी साढे तीन अर्ब पुगेको छ।
कम्पनीले ८६ मेगावाटको परियोजना बनाइरहेको छ । प्रति मेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ छ । तुलनात्मक रूपमा यो परियोजना सस्तोमै निर्माण हुन लागेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्